Logo

सिभिल बैंक र नेपाल टेलिकमबिच सम्झौता, बैंकको मोबाईल बैंकिङ एप चलाउँदा टेलिकमले शुल्क नलिने

सिभिल बैंक र नेपाल टेलिकमबिच सम्झौता, बैंकको मोबाईल बैंकिङ एप चलाउँदा टेलिकमले शुल्क नलिने



काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबिच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापत्र अनुसार आगामी पौष १ गतेदेखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो । सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL