Logo

साढे २ प्रतिशतले बढ्यो विदेशी मुद्रा संचिति, ९.६ महिनाको वस्तु आयात धान्ने

साढे २ प्रतिशतले बढ्यो विदेशी मुद्रा संचिति, ९.६ महिनाको वस्तु आयात धान्ने



काठमाडौं । चालु आवको ३ महिनामा गत असार मसान्तको तुलनामा कुल विदेशी विनिमय संचिति २ दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म बढेर १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।

laxmi

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड थियो । तर, असोज मसान्तमा ०.६ प्रतिशतले घटेर ९ अर्ब ४८ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड थियो । हाल त्यो रकम ४.३ प्रतिशतले वृद्धि भएर १० खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड थियो । तर, यो हाल ९.३ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । रचालु आवको असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको ३ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL