Logo

एभरेष्ट बैंकको नाफामा छलाङ, प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा

एभरेष्ट बैंकको नाफामा छलाङ, प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा लगायतका प्रमुख सूचकहरु बढेका छन् ।

laxmi

यसअवधिमा खुद नाफा ४८.९५ प्रतिशतले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत र सञ्चालन नाफा ४८.८९ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसाले बढेर ३६ रुपैयाँ ५८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा छ । आधारदर ९.३०५ पुगेको छ भने खराब कर्जा ०.३३ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL