Logo

दशैंको अवसरमा प्रभु बैंकको रेमिट्यान्स खाता योजना, मुद्धति निक्षेपमा १५.१३ प्रतिशत ब्याज

दशैंको अवसरमा प्रभु बैंकको रेमिट्यान्स खाता योजना, मुद्धति निक्षेपमा १५.१३ प्रतिशत ब्याज



काठमाडौं । प्रभु बैंकले रेमिट्यान्स खातामा उच्च ब्याजदर दिने बताएको छ । बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी विदेशबाट पठाएको पैसा जम्मा गर्दा १० देखि १५ प्रतिशतसम्म ब्याज दिने बताएको हो ।

बैंकले प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने जानकारी दिएको छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ । यो योजना आगामी असोज १ गतेदेखि लागु बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL