GBIME

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच सम्झौता, अनुदान कर्जामा कृषकको पहुँच


बिजखबर संवाददाता
4 September, 2022 5:29 pm

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच सम्झौता, अनुदान कर्जामा कृषकको पहुँच

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि बैंक र सहकारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

NABIL
lAXMI_BANK

समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा भैसी पालन गरी दुध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकहरुलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

उक्त अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानहरुलाई डिजिटल बैंकिङ सेवाको मूल प्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम पनि संचालन गरेको थियो । कार्यक्रममा ३ सय बढी स्थानीयहरुको उपस्थिती रहेको थियो ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७७ जिल्लामा बैंकको २८९ शाखा, २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८९० सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL