Logo

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङमा, काउन्टर संख्या ५२ पुग्यो

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङमा, काउन्टर संख्या ५२ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा २ सय ८९ शाखा, २ सय ६५ एटीएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL