Logo

सेञ्चुरी बैंकको मुद्धती खातामा डबल धमाका, साढे ६ वर्षमा रकम डबल

सेञ्चुरी बैंकको मुद्धती खातामा डबल धमाका, साढे ६ वर्षमा रकम डबल



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरीडबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

laxmi

सेञ्चुरी डबल धमाका मुद्धती खाता न्यूनतम रु. १०,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिसा डेबिट कार्ड र एसएमएस एलर्टनिःशुल्क उपलब्ध गराएको बैंकले जनाएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतशितसम्म ऋण पनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL