Logo

सिद्धार्थ बैंकलाई ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधि

सिद्धार्थ बैंकलाई ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधि



काठमाडौं । राउण्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘ कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ ।

laxmi

शनिबार महाराजगञ्जस्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा एक–एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई तिन दुई गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो ।

टाइब्रेकरमा सिद्धार्थ बैंकको तर्फबाट शान्तिराम कार्की, राजु श्रेष्ठ र रामसुन्दर कोजुले गोल गरेका थिए । उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकको तर्फबाट दिपेन्द्र खड्का उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL