Logo

एनएमबि बैंकको वित्तिय साक्षरता कार्यक्रम, बैकिङ सचेतना र सशक्तिकरण गर्ने उद्देश्य

एनएमबि बैंकको वित्तिय साक्षरता कार्यक्रम, बैकिङ सचेतना र सशक्तिकरण गर्ने उद्देश्य



काठमाडौं। एनएमबि बैंक गैंडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरुका लागि गैंडाकोटमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

laxmi

कञ्चन आमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंक विभिन्न सेवा, डिजिटल बैंकिङ्ग लगायतका साथै बैंकिङसँग सम्बन्धित विविध वित्तीय विषयमा सहभागीलाई प्रशिक्षित गरेका थिए।

बैंकले सर्वसाधारणलाई बैंकिङ्ग तथा वित्तीय साक्षरतासम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने जनाएको छ।

एनएमबि द फाइनान्सियल टाइम्सको लन्डनस्थित ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंक तथा ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो।

बैंकले यसअघि पनि सन् २०१७, २०१८, २०२० र २०२१ मा नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ। एनएमबिका हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL