Logo

सानीमा बैंक १० औं वर्षमा, सवैभन्दा ठूलो राशीको पत्रकारीता पुरस्कार घोषणा

सानीमा बैंक १० औं वर्षमा, सवैभन्दा ठूलो राशीको पत्रकारीता पुरस्कार घोषणा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२० मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेड स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ । गैरआवसीय संघ नेपाली (एनआरएन)हरुद्धारा प्रवद्र्धदित  बैंकले शनिवार आफ्नो १० औं वार्षिकोत्सव मनाएको हो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ‘सानिमा राष्ट्रियि पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पाँच लाख रुपैयाँ नगद धनराशी रहेको यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने बैंकले जनाएको छ । यो अहिलेसम्मको सवैभन्दा ठूलो धन राशिको पत्रकारिता पुरस्कार हो ।  पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने एकजना व्यक्ति वा संयुक्त रुपमा प्रदान गरिनेउक्त पुरस्कार उपयुक्त व्यक्तिलाई दिन पत्रकारितसँग सम्बन्धीत संघसस्थासँग सहकार्य गर्ने समेत बैंकले जनाएको छ ।

बैंकले कात्तिक मसान्तसम्ममा  २६ अर्ब ९३ करोड रुपैयाँको निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले हाल ३७ वटा शाखामा रहेका आफ्ना ६ सय १२ जना कर्मचारीमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL