Logo

पुससम्म १ खर्ब ५८ अर्ब ३८ करोड पुर्नकर्जा प्रदान, १६ खर्ब २६ अर्बको अन्तर-बैंक कारोबार

पुससम्म १ खर्ब ५८ अर्ब ३८ करोड पुर्नकर्जा प्रदान, १६ खर्ब २६ अर्बको अन्तर-बैंक कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ पुस मसान्तमा रु.१५८ अर्ब ३८ करोड लगानीमा रहेको छ । २०७८ पुस मसान्तसम्ममा १ लाख ४० हजार ५२१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१३ अर्ब ५८ करोड कर्जा बक्यौता रहेको छ ।

laxmi

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५७ हजार ६२६ ऋणीलाई प्रवाह भएको रु.१३६ अर्ब १ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार ६१ महिला उद्यमीलाई प्रवाह भएको रु.७३ अर्ब ८५ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३४ ऋणीको रु.३ अर्ब ७२ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ पुस मसान्तसम्ममा रु.१ अर्ब १३ करोड स्वीकृत भएको छ ।

अन्तर–बैंक कारोबार

आर्थिक वर्ष २०७८÷७९ को छ महिनामा वाणिज्य बैंकहरुको रु.१६२६ अर्ब ४ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.२१३ अर्ब ५० करोड गरी कुल रु.१८३९ अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.१८९ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरुको रु.१०१ अर्ब ६० करोड गरी कुल रु.२९० अर्ब ७८ करोड अन्तर बैंक कारोबार भएको थियो ।

ब्याजदर

२०७७ पुसमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ०.८७ प्रतिशत रहेकोमा २०७८ पुसमा ५.०७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ पुसमा ०.१४ प्रतिशत रहेकोमा २०७८ पुसमा ४.७६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ पुसमा ४.७७ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ०.१८ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ पुसमा ७.१८ प्रतिशत रहेकोमा २०७८ पुसमा ८.४२ प्रतिशत कायम भएको छ । २०७८ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.० प्रतिशत र ९.०९ प्रतिशत रहेका थिए ।

मर्जर-प्राप्ति

वत्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ पुस मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन ्। यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच

कुल ७५३ स्थानीय तहमध्ये २०७८ पुससम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ पुससम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ पुस मसान्तमा १२९ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७८ पुस मसान्तमा ११,२१५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL