Logo

पेन्सन कोषको सवा २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, वित्तीय संस्थासँग माग्यो कोटेशन

पेन्सन कोषको सवा २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, वित्तीय संस्थासँग माग्यो कोटेशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले अवकाश कोष अन्तरगत उक्त कोषहरुमा रहेको २ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ ।

laxmi

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा लगानी गर्ने जानकारी दिएको छ । राष्ट्र बैंकले तीन ओटै वर्गका वित्तीय संस्थाहरुमा रकमको निश्चित सिमा तोकेर १ बर्षे मुद्दती खातामा लगानी गर्ने जानकारी दिएको छ ।

जसमध्ये सबैभन्दा बढी बाणिज्य बैंकहरुमा १ अर्ब ८४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ भने विकास बैंकमा ३४ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ राख्ने भएको छ ।

उल्लेखित रकम १ बर्षे मुद्दतीमा लिनका लागि तीनै तहका वित्तीय संस्थाहरुले उक्त निक्षेपको ब्याजदर प्रस्ताव गरेर कोटेशन हाल्नु पर्ने छ । सोका लागि सोमबार बेलुकी ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL