Logo

सनराइज बैंकको १३ औं विस्तारित काउन्टर धनकुटामा, काउन्टर सेवा संख्या १३ पुग्यो

सनराइज बैंकको १३ औं विस्तारित काउन्टर धनकुटामा, काउन्टर सेवा संख्या १३ पुग्यो



काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं।५ मा अवस्थित करदाता सेवा कार्यालयको प्राङ्गणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । योसँगै सनराइज बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

उक्त विस्तारित काउन्टर समुद्घाटन बैंकका १ नं प्रदेश प्रमुख विवेककुमार निरौला, धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले गरेका हुन् । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय उद्योगी तथा व्यवसायीहरुको उपस्थिति थियो ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL