Logo

प्रभु बैंकको २०औं साधारणसभा : सेयरधनीलाई १२ प्रतिशत बोनस, मर्जरमा जान संचालकलाई अख्तियारी

प्रभु बैंकको २०औं साधारणसभा : सेयरधनीलाई १२ प्रतिशत बोनस, मर्जरमा जान संचालकलाई अख्तियारी



काठमाडौं । प्रभु बैंकको साधारणसभाले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बैंकको आईतबार सम्पन्न २०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

laxmi

यसैगरी साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने, प्राप्ती (एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती तथा सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL