Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई जनचेतना मूलक बोर्ड प्रदान

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई जनचेतना मूलक बोर्ड प्रदान



काठमाडौं । कामना सेवा विकास बैंकले प्रहरीलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको छ । बैंकले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको हो । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

साथै, हस्तान्तरण कार्यक्रम पछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका थिए । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेको बताए । उनले सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई, ३० नंं वडा कार्यालय, लगायत सबैलाई धन्यवादसमेत दिएका छन् ।

यस्तै उनले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व सम्झि समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा आफूलाई निकै गर्व लागेको बताए । यस्ता कार्यमा प्रहरी संधै साथमा रहने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL