Logo

एनसीसी बैंकले मनायो २५ औं वार्षिकाेत्सव, ४ मुद्दती खाता सञ्चालनमा

एनसीसी बैंकले मनायो २५ औं वार्षिकाेत्सव, ४ मुद्दती खाता सञ्चालनमा



काठमाडौं । एनसीसी बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकाेत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त अवसरमा बैंकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ ।

laxmi

उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडौं, बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दै कदर पत्र प्रदान गरेका हुन।

साथै बैंकले २५ औँ वार्षिकाेत्सवको अवसरमा ‘एनसीसी सिल्भर सेभिङ खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्दती खाता’, ‘एनसीसी सिल्भर रेमिट सेभिङ खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्दती खाता’ जस्ता निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL