Logo

एभरेष्ट बैंक र आईएसओएन हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

एभरेष्ट बैंक र आईएसओएन हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौँ । एभरेष्ट बैङ्क लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आईएसओएन हेल्थ केयरसँग सम्झौता भएको छ ।

सम्झौता अनुसार बैङ्कको खाता भएका ग्राहक र कार्ड होल्डरहरूले आईएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आईएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको हो ।

कार्यक्रममा आईएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैङ्कका ग्राहकहरू आईएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन् ।

उनले आईएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको बताएका थिए ।

स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १२ लाख ग्राहकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL