Logo

एक हप्तामा बैंकिङ प्रणालीबाट बाहिरियो २० अर्ब निक्षेप, कर्जा विस्तार ठप्प, बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा

एक हप्तामा बैंकिङ प्रणालीबाट बाहिरियो २० अर्ब निक्षेप, कर्जा विस्तार ठप्प, बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा



काठमाडौं । पछिल्लो एक हप्तामा बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तको तुलनामा कात्तिकको पहिलो हप्तामा बैंकहरुको निक्षेप घटेको हो ।

तथ्याङ्क अनुसार असोज मसान्त सम्ममा बाणिज्य बैंकहरुमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर कात्तिक पहिलो हप्तामा आईपुग्दा उक्त निक्षेप घटेर ४२ खर्ब ४९ अर्बमा झरेको छ । असोजको अन्तिम हप्ता कुल १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेको बैंकहरुले कात्तिक पहिलो हप्तामा १ खर्ब ३५ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो समयमा बैंकहरुमा तरलत संकट भएसँगै बैंकहरुको कर्जा विस्तार ठप्प जस्तै भएको छ । बैंकहरुले असोज मसान्तसम्ममा आईपुग्दा ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेकोमा कात्तिकको पहिलोमा पनि हालसम्मको कर्जा प्रबाह ३९ खर्ब ९८ अर्ब रुपैयाँनै रहेको छ ।

हाल वाणिज्य बैंकहरुको कर्जा विस्तार क्षमता एकदमै न्यून रहेको छ । कात्तिकको पहिलो हप्ताको निक्षेप संकलन र कर्जा विस्तारलाई हेर्ने हो भने बैंकहरुको सीडी अनुपात ८९.२२ प्रतिशत रहेको छ । जबकि राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुले अधिकतम ९० प्रतिशतसम्म मात्र कर्जा प्रबाह गर्न पाउनेछन् । हाल बैंकहरुसँग ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप हुँदा ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL