Logo

तीन बाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, तिरायो जरिवाना

तीन बाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, तिरायो जरिवाना



काठमाडौं । तीनवटा वाणिज्य बैंक नियामक निकायले निर्धारण गरेको नियम उल्लंघन गरेपछि कारवाहीमा परेका छन् । बैंक तथा वित्तिय संस्थाको नियामक निकाय रहेको नेपाल राष्ट्र बैंकको आफ्नो निर्देशिका उल्लंघन गरेको भन्दै ३ वटा बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार ती बैंकले आफ्नो कुल निक्षेपको ३ प्रतिशत रकम निक्षेपको रुपमा राष्ट्र बैंकमा राख्नुपर्ने प्रावधान उल्ल्ंघन गरेका थिए अनुगमनको क्रममा कुनै अवधिमा त्यो रकम नपुर्याएको पाएपछि उक्त कारबाही भएको हो ।

कारबाही परेका बैंकमा नेपाल बंगलादेश बैंक, प्रभु बैंकलाई पहिलो पटक र हिमालयन बैंकलाई दुई पटक कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७–०७८ चौथो त्रयमाससम्ममा इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार २ वटा बैंकलाई प्रथम पटक र एक बैंकलाई दुई पटक कारबाही गरेको छ । राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ ४२ पैसा, प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ १२ पैसा, नगद जरिवाना गराएको छ । यस्तै हिमालयन बैंकलाई पटक पटक गरेर ३० हजार २१ रुपैयाँ ४ पैसा जरिवाना गरेको छ । सबै बैंकलाई ९६ हजार ४० रुपैयाँ ५८ पैसा जरिवाना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL