Logo

राष्ट्रिय वाणिज्य बैंकका थप ७ शाखा विस्तार, शाखा संख्या २५४ पुग्यो

राष्ट्रिय वाणिज्य बैंकका थप ७ शाखा विस्तार, शाखा संख्या २५४ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायकमा आफ्ना नयाँ शाखा विस्ता गरेको हो ।

laxmi

यस्तै बैंकले चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा मा बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ५४ वटा शाखा कार्यालय, २ सय १६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL