Logo

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा मिल्नेछ विशेष छुट, सम्झौतामा हस्ताक्षर

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा मिल्नेछ विशेष छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिल स्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने बारे सम्झौता भएको छ ।

laxmi

मेगा बैंक र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL