Logo

सनराइज बैंकको बारामा शाखारहित बैंकिङ सेवा विस्तार, कपिलवस्तुमा एटिएम सेवा सुरु

सनराइज बैंकको बारामा शाखारहित बैंकिङ सेवा विस्तार, कपिलवस्तुमा एटिएम सेवा सुरु



काठमाडाैं । सनराइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात गरेको छ ।

याेसँगैं बैंककाे शाखारहित बैंकिङ्ग सेवाकाे संख्या ७९ पुगेकाे छ भने एटिएमकाे संख्या १६१ पुगेकाे छ ।

बैंकले एटिएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटिएम सेवा अन्तर्गत एटिएम कार्ड र बिना एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL