Logo

नबिल बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति हुने, असार ४ गतेदेखि ७ गतेसम्म सम्पूर्ण कारोबार बन्द हुने

नबिल बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति हुने, असार ४ गतेदेखि ७ गतेसम्म सम्पूर्ण कारोबार बन्द हुने



काठमाडौं । नबिल बैंकको सम्पूर्ण कारोबार असार ७ गतेसम्म बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ ।

बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड ९क्रेडिट र प्रिपेड कार्ड बाहेक० रेमिट्यान्स लगायतका सेवा एवं सम्पूर्ण बैंकिङ्ग कारोबारहरू पूर्ण रुपमा बन्द रहने सूचनामार्फत जानकारी दिइएको छ ।

बैंकिङ्ग कारोबारहरू बन्द रहने समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न पनि बैंकले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL