Logo

सनराइज बैंक र सेलपेबीच सहकार्य, अब बैंकका भुक्तानी डिजिटल माध्यमबाट

सनराइज बैंक र सेलपेबीच सहकार्य, अब बैंकका भुक्तानी डिजिटल माध्यमबाट



काठमाडौं । सनराइज बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

laxmi

सेलपे, सेलकम प्रालिद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल भुक्तानी ÷रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सेलपे मार्फत गरिएको भुक्तानी विश्वसनीय हुनुका साथै वास्तविक समयमा कारोबार हुन्छ । ग्राहकहरुले सेलपेमा आफ्नो सनराइज बैंकको खातादर्ता गरि मोबाइल नम्बर मार्फत कारोबार गर्न सक्नेछन् ।

यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी लगायत अन्य बिभिन्न कार्य गर्न सकिने छ ।

सनराइज बैंक र सेलपे बिचको यस सम्झौताले डिजिटल कारोबार गर्न चाहने सम्पूर्ण ग्राहकहरुलाई सजिलो हुने विश्वास बैंकको छ ।
हल सम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा,७४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ६० वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL