Logo

मेगा बैंक र टर्कीस एयरलायन्सबीच सहकार्य सम्झौता, बैंकका ग्राहकलाई एयरलाइन्समा छुट

मेगा बैंक र टर्कीस एयरलायन्सबीच सहकार्य सम्झौता, बैंकका ग्राहकलाई एयरलाइन्समा छुट



काठमाडौं । मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलाइन्समा विशेष छुट मिल्ने भएको छ । टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने भएको हो ।

laxmi

मेगा बैंक नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसी बीच छुट बारे सम्झौता भएको हो ।

सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र अतिरिक्तलगेजको सुविधा पनि दिने भएको छ ।

यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL