Logo

कोरोना भाईरस मौसमी नभएको अध्ययनको निष्कर्ष, जुनसुकै मौसममा पनि संक्रमण उत्तिकै हुनसक्ने

कोरोना भाईरस मौसमी नभएको अध्ययनको निष्कर्ष, जुनसुकै मौसममा पनि संक्रमण उत्तिकै हुनसक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा भर्खरै सम्पन्न एक नयाँ अध्ययनले यसअघिका विभिन्न अध्ययनलाई चुनौती दिएको छ । अघिल्ला अध्ययनहरुमा कोरोना भाईरस संक्रमण सिजनल फ्लुजस्तै भएको बताईएको थियो ।

laxmi

तर, नयाँ अध्ययनले उक्त अध्ययन झुटो रहेको बताउँदै कोरोना मौसमी नरहेको र बर्षभरि नै हुने उल्लेख गरेको छ । ईन्फ्लुएन्जा ए, बीलगायतका विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगहरु खासगरी जाडो महिनामा बढी हुने गर्दछन् । तर नेचर नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनले कोरोना भाईरसको संक्रमण जाडो, गर्मी, न्यानो, चिसो जुनसुकै बेला पनि हुने उल्लेख गरेको छ ।

अमेरिकास्थित विभिन्न विश्वविद्यालयहरुले गरेको अनुसन्धानमा उक्त कुरा पत्ता लगाईएको हो । अध्ययनले कोरोना भाईरसका लागि जुनसुकै भौगोलिक अवस्था, मौसम, हावापानीलगायतमा संक्रमण गर्न सक्ने उल्लेख छ ।

यस्तै कोरोनाको फैलावटमा पनि कुनै मौसमले असर नगर्ने अध्ययनमा उल्लेख छ । यसका भाईरसहरु जुनसुकै मौसम, हावापानीलगायतमा पनि सजिलै फैलनसक्ने क्षमता राख्ने अध्ययनमा बताईएको छ । मानव शरिरभित्र प्रवेश गरिसकेपछि भने कोरोनाका भाईरसहरुले विस्तारै असर देखाउन थाल्छने अध्ययन प्रतिवेनमा छ ।

हाल कायम गरिररहेको भौतिक दुरी, मास्कको प्रयोग, सेनिटाईजरको प्रयोगलगायतले यसको रोकथाममा ठुलो सहयोग गर्ने अनुसन्धाताहरु बताउँछन् । जसको प्रयोग निरन्तर रुपमा गर्नु उत्तिकै आवश्यक रहेको औंल्याइएको छ । – याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL