Logo

बोर्डको अडान : राष्ट्र बैंकले मार्जिन र विद्युतीय भुक्तानीको सीमा नबढाएसम्म बजार खोलिदैन, असारपछि मात्र बजार खुल्ने संकेत !

बोर्डको अडान : राष्ट्र बैंकले मार्जिन र विद्युतीय भुक्तानीको सीमा नबढाएसम्म बजार खोलिदैन, असारपछि मात्र बजार खुल्ने संकेत !



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिक लेण्डिङ र सेयर कारोबारमा विद्युतीय भुक्तानीको सिमा नबढाएसम्म बजार खोल्न नसकिने अडान लिएको छ । आफुहरु सो विषयमा नेपाल राष्ट्र बैंक समक्ष माग राखिसकेको र राष्ट्र बैंकले सम्बोधन नगरेसम्म सेयर बजार खोल्न नसकिने सेबोनका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

laxmi

अहिलेकै अबस्थामा बजार खोल्दा स्थिती असामान्य हुने भन्दै सेयर बजार खोल्नुभन्दा अघि मार्जिन लेण्डिङको सीमा र विद्युतीय भुक्तानीको सीमा बढाईनु पर्ने उनको तर्क थियो । ‘हामीले दुई महिना अघि राष्ट्र बैंक समक्ष यी मागहरु राखेका थियौं,’ उनले भने, ‘राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि उक्त मागहरु सम्बोधन नगरेसम्म अपजस लिनका लागि बजार खोलिँदैन ।’

अहिलेकै अवस्थमा बजार खोल्दा सेयर मूल्य उच्च रुपमा घट्ने र मार्जिन लोनको सुविधा कम हुँदा सेयर खरिद गर्ने लगानीकर्ता समेत कम हुने उनको तर्क थियो । ‘हामीले लकडाउनकै बीचमा पनि दुई दिन बजार खोलेका थियौं, त्यतिवेला पनि बिक्री गर्ने भए तर खरिद गर्ने भएनन्,’ उनले भने, ‘यसो हुनु भनेको लगानीकर्तासँग पैसा नहुनु हो उनीहरुलाई फण्डको व्यवस्था गर्नकै लागि मार्जिन लेण्डिङको सीमा बढाउन सिफारिस गरेको हो ।’

सो विषयमा अर्थमन्त्री अध्यक्ष रहेको वित्तीय क्षेत्र सुधार समितिमा पनि सो विषयमा कुरा भएको र सकभर राष्ट्र बैंकबाटै संबोधन हुने आशामा आफु रहेको समेत उनले जानकारी दिए । तर राष्ट्र बैंकले नगरिदिए उक्त समितिबाटै भएपनि उक्त व्यवस्था गरिने समेत उनले जानकारी दिए ।

यता राष्ट्र बैंकले भने मौद्रिक नीतिभन्दा अघि मार्जिन लेण्डिङको विषयमा थप निर्णय गर्न नसकिने बताउँदै आएको छ । राष्ट्र बैंकले साउनको पहिलो हप्तामात्रै मौद्रिक नीति ल्याउने जानकारी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिभन्दा अघि मार्जिन लेण्डिङको विषयमा कुनै सम्बोन गर्न नसकिने अडान र बोर्डको उक्त व्यवस्था नभई बजार नखोल्ने अडाउनले अझै पूँजी बजार १ महिना बन्द हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL