Logo

कोरोनाबाट अर्थतन्त्र जोगाउन जुट्यो कांग्रेस, अर्थतन्त्रको प्रभावबारे छलफल गर्न बोलायो अर्थविदलाई

कोरोनाबाट अर्थतन्त्र जोगाउन जुट्यो कांग्रेस, अर्थतन्त्रको प्रभावबारे छलफल गर्न बोलायो अर्थविदलाई



काठमाडौं । कोरोना भाइरस पछिको अर्थतन्त्रका विषयमा छलफल गर्न नेपाली कांग्रेसले पार्टी निकटका अर्थविदहरुको बैठक डाकेको छ ।

laxmi

कोरोना संक्रमणले अर्थतन्त्रमा पारेका प्रभाव बारे परामर्श लिन अर्थविदहरुसँग छलफल गर्न कांग्रसेस निकटका अर्थविदहरुलाई मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाईएको हो ।

बैठकमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा शंकर शर्मा, डा स्वर्णीम वाग्ले, डा गोविन्द पोखरेल ,जगदिशचन्द्र पोखरेल लगायतलाई बोलाइएको छ । साथै पूर्व अर्थमन्त्रीहरुलाईसमेत बोलाईएको छ ।

कोरोना संकटपछिका अथतन्त्रको बाटो र वर्तमान सरकारको लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा छलफल हुने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL