Logo

‘वाईवाई ग्लोकल टिन हिरो ईन्डिया २०२०’ को आवेदन आह्वान, यसरी भर्न सकिन्छ आवेदन

‘वाईवाई ग्लोकल टिन हिरो ईन्डिया २०२०’ को आवेदन आह्वान, यसरी भर्न सकिन्छ आवेदन



काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो ईन्डिया २०२०’ को आवेदन खुलेका छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालिको एक कार्यक्रम हो ।

laxmi

यस मञ्चमार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

यसैबीच ग्लोकल टीन हिरो ईन्डियाको दोस्रो संस्करण घोाषणा भएको छ । दोस्रो संस्करण घोषणा गरिए सगै ग्लोकल प्रालि एवम सिडा (भारतीय पार्टनर) दुबै पक्षले खुशी ब्यक्त गरेका छन । ग्लोकल प्रालि र भारतीय राजदुताबासले काठमाडौं स्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरेर वाई वाई ग्लोकल टिन हिरो ईन्डिया को दोस्रो संस्करण सञ्चालन भएको घोषणा गरेको हुन् ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरुलगायत बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले आबेदन भर्न सक्ने छन् ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य हामीले लिएका थियौ। ग्लोकल टीन हिरो को विरासतलाई अघी बढाउने प्रथम राष्ट्र ईन्डिया हो। तेसैले ग्लोकल टीन हिरो ईन्डिया को दोस्रो सस्करण बाट नबिन प्रतिभाको राष्ट्रिय एवम अन्तरराष्ट्रिय रुपमा महत्व राख्दछ ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।

ग्लोकल टीन हिरो ईन्डिया को आवेदन जनवरी ७, २०२० का दिन खुल्ला गरिसकिएको छ । आवेदकहरुको अवेदनको महत्वपूर्ण मुल्याङ्कन सात जाना निर्णयक टोलीले गर्ने छन । ग्लोकल टीन हिरो ईन्डिया २०२० को पुरस्कार समारोह जुन ४,२०२० पुने, ईन्डियामा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी ईन्डियाका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो । अनलाईन आवेदन www.india.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ्र ।

प्रतिक्रिया दिनुहोस्
MBL