Logo

हिमालयन बैंकको सीएसआर, अनाथ एवं फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग

हिमालयन बैंकको सीएसआर, अनाथ एवं फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग



काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बैंकको कावासोती शाखा मार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(सअिएसआर) अन्तर्गत कावासोती नगरपालिका, वडा नं ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’ मा आश्रित अनाथ एवं फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

laxmi

बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ एवं शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई उक्त अपांग सेवा संस्थाले आश्रय दिइरहेको छ ।

बैंकका तर्फवाट बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे । बैंकका अन्य कर्मचारीहरुको पनि सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL