Logo

१३ औं साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्टस्मा

१३ औं साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्टस्मा



काठमाडौं । डिसहोमले महिला भलिवल अन्तर्गतको फाईनल खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेपछि मंगलबार डिसहोमले उक्त खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।

laxmi

महिला भलिबलको फाईनल खेल नेपाल र भारत बीच मंगलबार दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्नेछ । यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL