काठमाडौं । एनआईसी एशिया बैंक र उच्च अदालत पाटनबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकलाई उच्च अदालतले अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि जग्गा उपलब्ध गराउने छ ।
अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकले विश्वास लिएको छ ।
बैंकले २ सय ९२ शाखा, ३ सय १५ एटिएम, ५२ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।