Logo

भूकम्पपीडितलाई छुट्टै परिचयपत्र, एकहप्ताभित्र वितरण गरिने

भूकम्पपीडितलाई छुट्टै परिचयपत्र, एकहप्ताभित्र वितरण गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ जेठ,काठमाडौं । भूकम्पबाट अति प्रभावित सर्वसाधारणलाई सरकारले एक हप्ताभित्र छुट्टै परिचयपत्र दिने भएको छ ।

राहत वितरण तथा पुनर्निमाणको कामलाई सहज बनाउन पीडितको पहिचानको आवश्यकताका लागि भन्दै सरकारले यस्तो तयारी थालेको हो ।

यसका लागि गृह मन्त्रालयले अहिले भूकम्पबाट अति प्रभावित जिल्लाका स्थानीयको आवश्यक तथ्याङ् सङ्कलनको काम गरिरहेको जनाएको छ ।

पीडितका लागि परिचयपत्र बनाउन अहिले पे्रसमा काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री दैवी उद्धार कोषबाट स्वकृती प्राप्त गरेपछि मन्त्रालयले पहिचान गरेको पीडितलाई परिचयपत्र दिने कार्यक्रम बनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL