काठमाडौं । एभरेष्ट बैंकले आफ्ना ग्राहकलाई १० प्रतिशत नगद फिर्ता गर्ने गरी क्यासब्याक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना भिसा कार्ड बोक्ने ग्राहकहरुलाई हरेक सामान खरिदमा १० प्रतिशत नगद फिर्ता दिने भएको हो ।
एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुने भएको छ ।
बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।