Logo

भ्रमण वर्ष २०२० सफल बनाउन पूर्वधार विकासमा जोड : मन्त्री ज्ञवाली

भ्रमण वर्ष २०२० सफल बनाउन पूर्वधार विकासमा जोड : मन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पुर्वाधार विकासमा जोड दिनु पर्ने बताएका छन ।

laxmi

उनले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि अन्तरराष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिएका छन । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बिच राणनितिक छलफल गरिने समेत मन्त्री ज्ञवालीले जानकारी दिएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन ।

काय्र्रक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउदै पर्यटकिय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए ।

भिजन २०२० लाई सफल बनाउन पुर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकिय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानलाई तिब्रता दिन समेत उनले आग्रह गरेका छन । कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २० औं वर्षको १ सय ३४ औं संस्करणको बिमोचन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL