Logo

काठमाडौं कोलकाता उडानको लागि बुद्धको टिकट बुकिङ खुला, दुईतर्फी भाडा २४ हजार

काठमाडौं कोलकाता उडानको लागि बुद्धको टिकट बुकिङ खुला, दुईतर्फी भाडा २४ हजार



काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले काठमाडौं कोलकाताको लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले बैशाखबाट काठमाडौं कोलकाता उडान गर्नको लागि अहिले देखि नै टिकट बुकिङ खुला गरेको हो ।

laxmi

आन्तरिक उडानमा प्रभुत्व जमाउँदै आएका बुद्ध एयरले आगामी बैशाखबाट कोलकाता उडान भर्न लागेको हो । हप्तामा ३ दिन उडान गर्ने गरी तयारी गरेको बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन ।

काठमाडौं कोलकाता दुई तर्फी भाडादर भने अहिलेलाई २४ हजार रुपैयाँ कायम गरेको समेत जोशीले जानकारी दिएका छन । कम्पनीका जहाज एटिआर ७२ मार्फत काठमाडौं कोलकाता उडान गर्न लागिएको हो ।

काठमाडौं कोलकाता उडान तालिका भने बिहानको रहेको छ । काठमाडौंबाट बिहान ८ बजे कोलकाताको लागि उडान गर्ने छ भने कोलकाताबाट १० : ३० बजे फर्कने तालिका रहेको कम्पनीले जानकारी दिएको छ ।

सोमबार, बुधबार र शुक्रबार उडान गर्ने कम्पनीको तयारी रहेको छ । सोही अनुरुप उडान गर्न थप विमान समेत ल्याउने तयारी गरेको जोशीले बिजखबरलाई जानकारी दिएको छ । कम्पनीले ल्याउन लागेको एटिआर ७२ जहाज मार्च ९ मा काठमाडौं अवतरण गर्नेछन । त्यस्तै अर्को थप एटिआर ७२ जहाज भने जुन जुलाईमा आईपुग्ने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL