Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा फ्रि वाईफाई परिक्षण, २ महिना पछि पूर्ण संचालनमा आउने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा फ्रि वाईफाई परिक्षण, २ महिना पछि पूर्ण संचालनमा आउने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा परिक्षणका लागि फ्रि वाईफाई सेवा संचालनमा ल्याएको छ ।

परिक्षण गर्नको लागि मात्रै भए पनि फ्रि वाईफाई सेवा छोडेको र पूर्ण संचालनमा आउन भने २ महिना लाग्ने विमानस्थलका प्राविधिक सुरेश शाहाले जानकारी दिएका छन ।

नेपाल नागरिक तथा उड्डयन प्राधिकरणले नेपाल भित्रका सबै विमानस्थलहरुमा फ्रि वाईफाई सेवा पुर्याउने लक्ष राखेको भए पनि हाल त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा वल्डलींक सँगको सहकार्यमा फ्रि वाईफाई सेवा संचालनमा ल्याएको हो ।

गत जेठमा पर्यटन मन्त्री अधिकारीले निर्देशन दिए लगतै प्राविधिक टोलीले आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा फ्रि वाईफाई राख्न निजी ईन्टरनेट सेवा प्रदायकलाई टेन्डर आह्वान गरेको थियो ।

टेण्डरमा छानिएका वल्डलींक, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले एक महिना अगाडीनै सम्झौता गरी काम अगाडी बढाएको थियो ।

वल्डलींकले आन्तरिक टर्मिनलमा फ्रि वाईफाई सेवा संचालनमा ल्याए पनि अझै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भने उक्त सेवा संचालनमा आउन सकेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL