Logo

फुटबल मैदान जत्रो विश्वकै ठूलो जहाज पहिलोपटक उडान भर्दै

फुटबल मैदान जत्रो विश्वकै ठूलो जहाज पहिलोपटक उडान भर्दै



काठमाडौं । माइक्रोसफ्टका पूर्व सह संस्थापक पल एलेन र उनको कम्पनी भलक्यान एरोस्पेसले निर्माण गरेको अहिलेसम्मकै ठुलो जहाज अप्रिल महिनाभित्र पहिलो उडानका लागि तयार गरिएको छ ।

स्ट्राटोलन्च नाम दिइएको विशाल उक्त जहाजलाई अवतरण गर्न २ ओटा ककपीट र ६ ओटा जेट इन्जीनको आवश्यकता पर्छ ।
यसको पखेटाको फैलावट ३ सय ८५ फीटको छ , जुन एक फुटबल मैदान बराबर हुन्छ । जहाजमा प्रयोग गरिएका ६ ओटा ठुलो मात्रामा शक्ति प्रदान गर्दछन ।

उक्त जहाजमा २८ ओटा चक्का छन जसले रकेटको पेलोडसहितको ५ सय ८० टनको तौल भारबहन गर्न सक्दछन । यसलाई रकेटको प्रक्षेपणका लागि प्रयोग गरिने विश्वास गरिएको थियो ।

ब्ल्याक आइस नासाको रकेट स्पेस सटल अर्बिटर बराबरको पुनः प्रयोग युक्त रकेट विमानमा प्रयोग गरिएको थियो ।

सन् २०१७ मा पल एलेनले विशाल हवाइजहाज ल्याउने घोषणा गरेका थिए । वासिङटन पोष्टलाई उनले भनेका थिए, ‘म पुन प्रयोग योग्य प्रक्रीयालाइ मन पराउछु, प्राय विमानस्थलका स्टाइल धेरै दोहोरिने छैनन ।’

कोलोराडोको ३४ औं अन्तरिक्ष गोष्ठीमा गर्मी याममा पहिलो उडानका लागि स्ट्राटोलन्च तयारी अवस्थामा रहेकोे घोषणा गरिएको थियो । आज सम्म २८ माइल प्रतिघण्टा र ४६ माइल प्रतिघण्टा उच्च गति भएका ट्याक्सी परिक्षण गरिएको छ । जबकी अर्काे ट्याक्सीले १ सय ३८ माइल गति दिने योजना लिइएको छ ।

स्ट्राटोलन्च वेबसाइटका अनुसार क्यालीफोर्नीयाको मजोव मरुभुमिको मजोव अन्तरिक्ष केन्द्रमा सो विमान निर्माणाधिन अवस्थामा छ । कम्पनीले यसलाई पुर्ण रुपमा सन २०२० सम्ममा परिचालन गर्ने बताएको छ । एलेन धेरैबर्षदेखि अन्तरिक्ष उडान परियोजनामा सामेल हुँदै आएका छन । उनले अन्तरिक्ष पुर्याउने र त्यहाँबाट फर्किने एक पहिलो निजी अन्तरिक्षयान बनाएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL