Logo

६ महिना भित्र गुरुयोजना बनाई काम गर्नु, मन्त्री अधिकारी

६ महिना भित्र गुरुयोजना बनाई काम गर्नु, मन्त्री अधिकारी


रासस
0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्रमा पूर्वाधार निर्माण गर्न ६ महिना भित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन ।

पशुपति क्षेत्र विकास कोषको ३२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उक्त क्षेत्रमा गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न सुझाव दिएका छन । मन्त्री अधिकारीले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन निर्देशन दिएका हुन ।

कोष सञ्चालक परिषद्का अध्यक्ष रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताएका छन । रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि कोषका पदाधिकारीलाई निर्देशन दिए ।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ, आर्थिक वर्ष २०७५÷७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६÷७७ सम्म सकिने छ’, मन्त्री अधिकारीले भने ।

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्विय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन अनुरोध गरेका हुन ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL