Logo

नेपाल भित्रियो सामसुङ ग्यालेक्सी नोट एस, बजार मूल्य १ लाख २ हजार ९

नेपाल भित्रियो सामसुङ ग्यालेक्सी नोट एस, बजार मूल्य १ लाख २ हजार ९


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङको ग्यालेक्सी नोट एट र एस पेन नेपाली बजारमा भित्रिएको छ । सामसुङ नेपालले हालै बजारमा प्रस्तुत गरिएको ती नयाँ मोडल बजारमा ल्याएको हो । सामसुङ ग्यालेक्सी एटले ग्राहकलाई आजको अत्याधुनिक प्रविधिसँग जीवन्त राख्न विशेष सहयोग प्रदान गर्ने छ ।

ग्यालेक्सी नोट एट फोनमा भएको इन्फिनीटी डिस्प्ले, सुधारिएको एस पेन र ट्र डुवल क्यामरा उच्च आकांक्षा राख्ने ग्राहकहरुका लागि लक्षित भएको सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए ।

६ दशमलब ३ इन्चको ग्यालेक्सी नोट एटमा भएको एसपेनले सहजै रुपमा लेख्न सकिन्छ । साथै फोनका सम्पूर्ण नयाँ नयाँ फिचरहरु सञ्चालन गर्न पनि सकिन्छ । साथीसँग कुराकानी गर्दा होस् वा अन्य एपहरु सञ्चालन गर्दा यस पेनले भिन्नै किसिमको अनुभव प्रदान गर्दछ ।

जिआइएफ सपोर्ट सुविधाले सन्देश आदानप्रदानमा जिवन्तता प्रदान गर्दछ । त्यस्तै अलवेज अन डिस्प्ले सुविधाले अनलक नगरी फोनमा भएका नोटिफिकेसनहरु हेर्न सकिन्छ ।
यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिन्छ । र विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपपान्तरण गर्न सकिन्छ ।

सामसङले हालसम्मकै शक्तिशाली क्यामरा आफ्नो ग्यालेक्सी नोट एट मा ल्याएको छ । १२ मेगा पिक्सलका दुई वटा क्यामरा लेन्स यसमा रहेका छन् । फोटो र भिडियोको लागि अप्टिकल इमेज स्ट्याविलाइजेशन प्रविधि छ , जसले वाइड एंगल र टेलीफोटो दुबै खिच्न सकिन्छ । मोबाइलको दुनियाँमा यस्तो फिचर पहिलो पटक ल्याइएको हो ।

ग्यालेक्सी  नोट एट को लाइभ फोकस फिचरले उच्चस्तरीय फोटो खिच्न मद्दत गर्दछ । त्यस्तै डुलअ क्याप्चर मोडले एकै पटकमा क्लोजप फोटो र टेलिफोटो लिन सकिन्छ । यसमा भएको डुअल पिक्सल सेन्सर वीथ र्यापिड अटोे फोकस लेन्सले कम उज्यालोको अवस्थामा पनि चुस्त र सफा फोटो लिन सकिन्छ ।
ग्यालेक्सी नोट एट र एस पेन दुबै पानी र धुलो प्रतिरोधक विशेषता युक्त छन् । चाँडो रिचार्ज हुने वायरलेस चार्जिङले सहज एवम् सुविधा जनक तरिकाबाट चार्ज गर्न सकिन्छ ।

नेपालमा ग्यालेक्सी  एटको बजार मूल्य रु. १ लाख २ हजार ९ सय ९० रहेको छ । यो नेपालमा असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने छ । यसको प्रि–बुकिङ सुविधा असोज २ बाट नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने छ ।

यस अवधि भित्र ग्राहकहरुले प्रि–बुकिङ गरेमा यसको सामसुङ कन्भर्टेवल वायरलेस चार्जर सित्तैमा प्राप्त गर्न सकिने छ । त्यस्तै ग्राहकले एनसेललसँगको सहकार्यमा १६ जिबि फोरजी डाटा, प्रति महिना २ जिबिदरले ८ महिनासम्म प्राप्त गर्नसक्ने छन् ।

साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिना भित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ । विभिन्न बंैंकहरु मार्फत् सहज किस्ता वन्दी योजना पनि उपलब्ध रहने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL