Logo

अन्यौलमा धरहरा निर्माण, शर्त पुरा नभएपछि टेलिकमको बाहिरिने संकेत

अन्यौलमा धरहरा निर्माण, शर्त पुरा नभएपछि टेलिकमको बाहिरिने संकेत


रक्षा रेग्मी
0
Shares

काठमाडौं । भुकम्पको दुई बर्ष बितिसक्दा पनि धरहरा पूर्ननिर्माणको अन्योल झन् बल्झिएको छ । धरहरा पुर्ननिर्माणको जिम्मा लिएको नेपाल टेलिकमले राखेको शर्त पुरातत्व विभागले स्वीकार गर्न नसक्ने प्रतिक्रिया जनाएपछि यसको निर्माण अलपत्र बनेको हो । टेलिकमले आफ्नो व्यापारिक प्रायोजनका लागि पनि सहयोगी हुने गरी धरहरा बनाउन राखेको शर्तमा विभागले सकारात्मक संकेत नदिएपछि धरहराको निर्माण अघि बढ्न नसकेको हो ।

धरहरा निर्माणपछि त्यहाँको व्यवसायबाट मर्मत खर्च उठाउने शर्त टेलिकमले विभागसँग राखेको प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । टेलिकमले पनि पुरातत्व विभागले तयार गरेको डिजाइन फाइनल नहुने प्रतिक्रिया दिएको थियो ।

विभागले टेलिकमसँगको सहकार्यमा डिजाइन तयार गर्ने भनेपनी टेलिकमलाई फाइनल भएपछी मात्र जानकारी दिएपछि कम्पनीले त्यसलाई स्विकार गनए नसकिने बताएको हो । ‘टेलिकमले ‘सस्टेनेबल मोडल’ मा डिजाइन बनाउन आग्रह गरेको हो’ वैद्यले भनिन्, ‘तर पुरातत्वले आफ्नो डिजाइनलाई फाइनल भनेको छ ।’

तत्कालीन केपी ओली सरकारको पालामा विभाग र टेलिकमलाई नयाँ बन्ने धरहराको डिजाइन तयार पार्न निर्देशन भने गइसकेको थियो । तर पुरातत्वले आफ्नै किसिमले डिजाइन तयार गरेको थियो । त्यतीबेला ३ अर्ब रुपैयाँ लागतमा धरहरा निर्माण हुने भनिएपनि अहिले ८ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ ।

भुकम्पका बेला नेपाल टेलिकमले धरहरा, मनकामना र पाटनको पुर्ननिर्माणमा एक अर्ब रुपैयाँ लगानी गर्ने जनाएको थियो । धरहरा निर्माणका लागि सरकारले सञ्चालनमा ल्याएको कोषमा अहिलेसम्म जम्मा ९ करोड रुपैयाँ मात्र जम्मा भएको छ ।

पुर्ननिर्माण प्राधिकरणले भने टेलिकमले धरहरा निर्माण नगर्ने भए त्यसको लिखित जवाफ पठाउनुपर्ने जनाएको छ । टेलिकम बोर्डले थप रकम लगानी गर्ने वा नगर्ने बारे छलफल गरेर टुङ्गो लगाउनेछ ।

धरहराको पहिला रहेको जग्गामा नै पूर्ननिर्माण गरिने भनिएपनि पछि गोस्वारा हुलाक र टक्सारको जग्गामा पनि बनाउने निर्णय भएको हो । धरहरा रहेको ६ रोपनी र हुलाक तथा टक्सारको गरी करिव ४२ रोपनी जग्गामा धरहरा बन्ने अन्तिम निर्णय भएको थियो ।

कस्तो बन्ने छ नयाँ धरहरा?

नयाँ बन्ने भनिएको धरहरामा छुट्टै सङ्ग्राहलय बनाइनेछ । जहाँ पुरानो सिक्का छाप्ने मेसिन राखिने छ । सो सङ्ग्राहलय जाने बाटोमा ५० फिट अग्लो पानीको फोहोरा समेत राखिने छ । धरहरा २ सय ४५ फिटको बनाइने छ । १० औं तलामा राखिने मिनी थिएटरबाट धरहराको इतिहासबारे भिडियो देखाइने । त्यस्तै पारदर्शी लिफ्टको प्रयोग । धरहरामा १ सय ४३ ओटा गाडी पार्क गर्न मिल्ने पार्किङ बनाइने छ ।

भुइचालोले भत्काएको धरहरालाई जस्ताको त्यस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन गरिएको हो । पहिलो चरणमा भने भत्केको धरहराको क्षेत्रलाई सफा गरिनेछ । भत्केको ठाउँ रातो देखिएको छ ।

अबको करिव साढे २ बर्षभित्र धरहरा निर्माणको लक्ष्य राखिएपनि भएपनि हालसम्म काम शुरु भएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL