Logo

बुढिगण्डकी आयोजना निर्माण गर्न गेजुवासँग समझदारीमा हस्ताक्षर

बुढिगण्डकी आयोजना निर्माण गर्न गेजुवासँग समझदारीमा हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)बीच १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसी प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढीगण्डकी आयोजना देशका लागि महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिवलगायत अन्य प्रतिनिधिहरुको सहभागिता थियो ।

जेठ ९ गते बसेको मन्त्री परिषदको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई दिने निर्णय गरेको थियो । यससँगै आयोजनामा चिनियाँ कम्पनीले गरेको लगानीलाई नेपाल सरकारले ऋणका रुपमा ग्रहण गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL