Logo

आन्तरिक पर्यटकको रोजाईमा रारा ताल, ७ महिनामा ७३ हजारले गरे भ्रमण

आन्तरिक पर्यटकको रोजाईमा रारा ताल, ७ महिनामा ७३ हजारले गरे भ्रमण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले २०७३ लाई आन्तरिक घुमफिर बर्षका रुपमा मनाउने घोषण गरेसँगै नेपाल घुम्ने आन्तरिक पर्यटकहरु बढेका छन् । त्यसमा पनि रारा ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको हो ।

कात्तिकसम्म करिव ७३ हजार पर्यटकले रारा भ्रमण गरेको पर्यटन मन्त्री जीवनबहादुर शाहीले जानकारी दिए । रारासम्म पुग्ने सडक पहुँच भएसँगै रारा पर्यटकको रोजाइको गन्तव्य बनेको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार यो समयमा विशेषगरी आन्तरिक पर्यटकले रारा अवलोकन गरेका छन् । त्यसमा पनि काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, भैरहवा, बुटवल, सुर्खेत र केही पूर्वी जिल्लाका पर्यटक रहेको बोर्डका निमित्त निर्देशक मणी लामिछानेले जानकारी दिए । यता बाह्य पर्यटक भने अमेरिका र युरोपेली मुलुकहरुबाट बढी मात्रामा आउने गरेका छन् ।

त्यस्तै पत्रकार सम्मेलन तथा मिडिया क्याम्पेनीङले गर्दा पनि रारा घुम्न जाने बढेको बोर्डका निमित्त निर्देशक लामीछानेले जानकारी दिए । उनका अनुसार बोर्डले सो सस्थासँग मिलेर राराबाट विस्थपित भएका वस्ती हुँदै रारासम्म क्याम्पेनीङ गरेको हो । बोर्डले राराको डकुमेन्ट्री देखाएर पनि पर्यटक तानिरहेको छ ।

तर पर्यटकको आकर्षण अनुसार रारामा पूर्वाधारहरु नभएको एक पर्यटकले जानकारी दिए । दशैको विदामा रारा घुमेर फर्किएका राजेन्द्र खतिवडाले त्यहाँ खाना तथा वस्न महंगो भएको गएका राराको विमानस्थल सुधार्न आवश्यक रहेको । खाना तथा वस्न महंगो भएकोले पर्यटकलाई समस्या भएको उनका भनाई छ ।

यता मन्त्री शाहीले पर्यटक बढ्दै जाँदा रारा ताल फोहोर भएको भन्दा सम्म पुग्न कम्तिमा ३ किलोमिटर पदयात्रा तय गरिने योजना रहेको सुनाए । उनका अनुसार ३ किलो मिटर परसम्म होटल तथा रेष्टुराँ खोल्न नपाउने तथा गाडी लैजान नपाउने व्यवस्था गर्ने तयारी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL