Logo

यतिको विमान दुर्घटना: सेतीको खोँचमा खसेका कारण उद्धारमा कठिनाई

यतिको विमान दुर्घटना: सेतीको खोँचमा खसेका कारण उद्धारमा कठिनाई



काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०: ३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

laxmi

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए ।

विमान पोखरा विमानस्थल भन्दा करिब दुई किलोमिटर अगाडी सेती नदीको खोँचमा खसेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । अहिले स्थानीय, नेपाल प्रहरी, नेपाली सेना लगायत उद्धारमा संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL