Logo

कृषि विकास बैंकको संचालक समितिको अध्यक्षमा केसी नियुक्त, लिए पद तथा गोपनियताको शपथ

कृषि विकास बैंकको संचालक समितिको अध्यक्षमा केसी नियुक्त, लिए पद तथा गोपनियताको शपथ



काठमाडौँ । कृषि विकास बैंकको संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा मेश कुमार केसी नियूक्त भएका छन् । केसी बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियूक्ति भएका हुन् ।

laxmi

नवनियूक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हांसिल गरेका छन् । निज हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् ।

कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्रावधान अनुसार अध्यक्ष केसीलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL