Logo

कोका–कोला बन्यो ‘नेपाल आइडल सिजन ४’ को मुख्य प्रायोजक

कोका–कोला बन्यो ‘नेपाल आइडल सिजन ४’ को मुख्य प्रायोजक



काठमाडौँ । कोका–कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोश्रो वर्षीय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

laxmi

हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, ‘कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेन्चाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वर्षको सहकार्य हो ।’

नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडलेले भने, ‘नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ ।

कम्पनीका अनुसार नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपविान टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL