Logo

बर्षाले ३ प्रदेशमा ७ अर्ब २२ करोडको धानबाली क्षति, ६७ हजार ९ सय हेक्टर खेतमा असर

बर्षाले ३ प्रदेशमा ७ अर्ब २२ करोडको धानबाली क्षति, ६७ हजार ९ सय हेक्टर खेतमा असर



काठमाडौं । गत शतिबारदेखि नेपालभर आएको अविरल बर्षाका कारण ३ प्रदेशमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार अनुमानित तथा प्रारम्भिक विवरण सार्वजनिक गर्दै प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको ६७ हजार ९ सय १९ हेक्टर जमिन क्षेत्रको धानबालीमा क्षति भएको बताएको हो ।

laxmi

मन्त्रालयका अनुसार सबैभन्दा बढि धानबाली क्षति भने लुम्बिनी प्रदेशमा भएको छ । उक्त प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लाको ४२ हजार ४ सय २७ हेक्टर जमिनको १ सय ६१ मेट्रिकटन धान क्षति भएको हो । ९३ हजार ५ सय ६७ हेक्टर क्षेत्रफल जमिनमा असर गरेको उक्त प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको हो ।

यस्तै सुदूरपश्चिम प्रदेशमा भने १ अर्ब ९१ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । बर्षाले कुल ५५ हजार हेक्टर जमिनमा असर पारेको भएपनि भने १८ हजार हेक्टर जमिनको धानबालीमा क्षति पुगेको हो । बर्षाले सुदूरपश्चिम प्रदेशमा ६८ हजार ४ सय मेट्रिकटन धानमा क्षति पुर्याएको छ ।

यस्तै प्रदेश १ को भने ८० करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL