Logo

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्दा बाइक उपहार, हरेक साता १० हजारको नगद भौचर

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्दा बाइक उपहार, हरेक साता १० हजारको नगद भौचर



सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरू घोषणा गरेको छ । जस अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २–भी बाइक, एलजी र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु रहेका छन् ।

laxmi

मलले एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको घोषणा गरेको हो । मलमा सपिङ गर्ने एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २–भी बाइक पाउने सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्यस्तै हरेक साता एक जनालाई ग्यापु डट कमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर समेत प्रदान गरिने ठकुरीले बताए ।

असोज १२ देखि मङ्सिर ४ सम्म चल्ने उक्त अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा दुई रात तीन दिनको बसाइसहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था गरिने मलले जनाएको छ । दशैं तिहारको अवसरमा सिभिल मलमा सामान किन्नेले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिनेछ । सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सकिने ठकुरीले बताए ।

मलले एक हजार रुपैयाँ वा सोभन्दा माथिको खरिदमा उपभोक्तालाई कुपन दिनेछन् । लक्की ड्रको विजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ । उपभोक्ताले सिभिलमा लकै सूचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ ।
सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । मल प्रवेश अगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइरहेको मलले जनाएको छ ।

त्यस्तै हरेक दिन मल खुल्नुअघि र मल बन्द भएपछि डिसइन्फेक्ट समेत गर्दै आएको छ । मलले सामाजिक दूरी कायम गर्न÷गराउन विभिन्न ठाउँमा मार्क र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL