Logo

भूकम्पपछि ७ नयाँ होटल दर्ता,सवै पर्यटक स्तरका

भूकम्पपछि ७ नयाँ होटल दर्ता,सवै पर्यटक स्तरका


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१६ असोज,काठमाडौं । बैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पले पर्यटन क्षेत्रलाई प्रभाव पारेपनि सम्वन्धित व्यवसायीहरुको मनोवल भने कमजोर भएको देखिदैन । पर्यटक भित्रन कम भएपनि होटल क्षेत्रमा लगानी भने बढेको पर्यटन विभागका महाप्रवन्धक गोविन्दबहादुर कार्कीले बताए ।

भुकम्पपछि धेरै उद्योग दर्ता नभएपनि वातावरणिय प्रभाव मूल्यांकन (इआइए तथा आइईइ ) गर्नेको संख्या भने बढेको उनले जानकारी दिए ।

पर्यटन विभागका अनुसार भूकम्पपछि हालसम्म पर्यटक स्तरका ७ ओटा होटल दर्ता भएका छन् ।सो अवधिमा तारे होटल भने एउटा पनि दर्ता नभएको उनले जानकारी दिए । ती उद्योगहरुको जम्मा पूँजी १९ करोड ३५ लाख छ । सो अवधिमा उपत्यकाभित्र सञ्चालन गर्ने गरी अल्पाइन होटल एण्ड अपार्टमेन्ट प्रालि, टिवेट पिस इन प्रालि, श्रीजि होटल्स प्रालि,आर्यतारा काठमाडौं होटल प्रालि मण्डला बुटिक होटल र होटल हिरण्य प्रालि दर्ता भउका छन् । त्यस्तै भरतपुरमा सञ्चालन गर्न गार्डेन रिसोर्ट प्रालिले पनि दर्ता गरिएको छ ।

दर्ता भएका होटलमध्ये भरतपुर गार्डेन रिसोर्ट प्रालिको पूँजी सवैभन्दा बढी १० करोडको छ । सो होटलमा ४० ओटा कोठा र ८० ओटा शैया रहने छन् । विभागका अनुसार सो होटलबाट ४० जनाले रोजगार ीपाउने छन् ।
त्यस्तै ५ करोड पुँजी भएको होटल हिरण्य प्रालिमा १४ ओटा कोठा र १७ ओटा शैया रहनेछन् । होटल हिरण्यबाट १९ जनाले रोजगारी पाउने बताइएको छ । श्री आर्यताराको २ करोड पुँजी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL