Logo

ठमेल सुरक्षित भएको व्यवसायीको भनाई,पर्यटकको स्वागत गर्न आतुर

ठमेल सुरक्षित भएको व्यवसायीको भनाई,पर्यटकको स्वागत गर्न आतुर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ असोज, काठमाडौं । ठमेललका व्यवसायीहरुले आफुहरु पर्यटकलाई सेवा प्रदान गर्न आतुर भएको बताएका छन् । भूकम्पका कारण ठमेल असुरक्षित रहेको प्रचार भइरहेका बेला उनीहरुले भने ठमेल सुरक्षित रहेको बताएका हुन् ।
शुक्रवार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘भूकम्पपछिको ठमेल’ विषयक अन्तक्रियामा उनीहरुले यस्तो बताएका थिए ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव दीनेश कुमार थपलियाले पर्यटकीय संघसंस्थाहरुलाई र व्यवसायीहरुलाई योजनाबद्ध कार्यक्रम ल्याउन अपिल गरे । साथै मुलुकको पर्यटन विकास निजी र सरकारी क्षेत्रको संयुक्त सहकार्यबाटमात्र सम्भव रहेको बताए ।

निजी क्षेत्र योजनावद्ध ढंगले कार्यक्रमसहित आएको खण्डमा मन्त्रालय जस्तोसुकै सहयोग गर्न पनि तयार छ’ उनले भने । पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारका लागि मन्त्रालय लागिरहेको थपलियाले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले ठमेलको पर्यटन प्रवर्द्धनमा देखिएका शान्तिसुरक्षा, विद्युत, सडकलगायतका समस्याको समाधानका लागि सरकारले पहल थाल्नुपर्ने बताए ।उनले ठमेलको पर्यटन प्रवर्द्धनका लागि बृहत्तर ठमेल महोत्सवको आवश्यकतासमेत औँल्याए ।

त्यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआईजी जयबहादुर चन्दले ठमेललगायत पर्यटकीय क्षेत्रहरुको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनका लागि काम भैरहेको जानकारी दिए । ठमेललाई २४सै घण्टा सञ्चालन गर्नु अत्यान्तै जरुरी भए पनि विविध कारणबस् सो गर्न नसकिए पनि यसमा प्रयासरत् रहेको विश्वास दिलाए ।

नेपाल एसोसियसन अर्फ याफ्टिङ एजेन्ट्स (नारा)का अध्यक्ष चन्द्र दाहालले भूकम्पका कारण ठमेलमा १५ प्रतिशतमात्र क्षति पुगेको र पर्यटन व्यवसायीरु पर्यटकलाई सेवा र सुविधा दिन तयार रहेको बताए ।आयोजक ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले भूकम्पले ठमेलमा अत्यन्तै न्यून असर पारेको भन्दै सोको यर्थाथ सन्देश राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा र्पुयाउनुपर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL